+
+

क्वारेन्टिन व्यवस्थित नभएको भन्दै प्रदेश सरकारविरुद्ध रिट

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १९:२८

२२ जेठ, बुटवल । क्वारेन्टिन मापदण्ड अनुसार सञ्चालन नभएको भन्दै प्रदेश ५ को मुख्यमन्त्री कार्यालय र स्थानीय तहविरुद्ध उच्च अदालतमा रिट परेको छ ।

कपिलवस्तुको मायादेवी गाँउपालिका–५ का सुनील कुमार चौहान र कपिलवस्तुकै कृष्णनगर नगरपालिका–६ का अरुणेश कुमार उपाध्यायले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा रिट दायर गरेका हुन् ।

रिटमा प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, रुपन्दही र कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय र यी दुई जिल्लाका ९ स्थानीय तहलाई विपक्षी बनाइएको छ ।

कपिलवस्तुको महाराजगञ्ज र कृष्णनगर नगरपालिका, यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिका तथा रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई, मर्चवारी तथा मायादेवी गाउँपालिकालाई विपक्षी बनाइएको छ ।

क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीतको कार्य गरिएको र क्वारेन्टिन सञ्चालनका क्रममा कतिपय मौलिक हक हनन गरिएको रिटमा उल्लेख छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो मुद्दाको सुनुवाईका लागि जेठ २३ का लागी पेशी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?