Comments Add Comment

गेटाफेविरुद्ध ग्रानाडाको जित, भ्यालेन्सिया र लेभान्टेले खेले बराबरी

३१ जेठ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा ग्रानाडाले गेटाफेलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको भएको एक गोलले पछि परेको स्थिति उल्टाउँदै ग्रानाडाले गेटाफेलाई २-१ ले पराजित गरेको हो । ग्रानाडाका लागि दुवै गोल कार्लोस फर्नान्डेजले गरे ।

खेलको २०औं मिनेटमा डेभिड टिमोर कोपोभीले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा गेटाफेले अग्रता कामयै राखको थियो । तर ७०औं मिनेटमा फर्नान्डेजले व्यक्तिगत पहिलो गोल गर्दा ग्रानाडाले बराबरी गोल गर्न सफल भयो । ७९औं मिनेटमा कार्लोस फर्नान्डेजले गोल गर्दै ग्रानाडालाई २-१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै ग्रानाडा विजयी भयो ।

हारपछि ग्रानडाले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । २८ खेलबाट ४६ अंक रहेको गेटाफे पाँचौ स्थानमा यथावत छ। यस्तै जितपछि २८ खेलबाट ४१ अंक जोडेको ग्रानाडा आठौँ स्थानमा छ।

ला लिगाकै अर्को खेलमा भ्यालेन्सिया र लेभान्टेले १-१ बराबरी खेल्दै अंक बाँडेका छन् । भ्यालेन्सिया २८ खेलबाट ४३ अंकसहित सातौं स्थानमा छ भने समान खेलबाट ३४ अंक जोडेको लेभान्टे १२औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment