Comments Add Comment

पर्सामा छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ

१ असार, वीरगञ्ज । छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्साबाट एक व्यक्ति पक्राउ परेका छन् । ठोरी गाउँपालिका–४ स्याउलीबस्तीका अन्दाजी ३५ वर्षीय अधबैंसे पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरेर ११ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा उनलाई आइतबार राति करिब ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर आइतबार राति उनले छोरीलाई अँगालो मारेर यौन दुर्व्यवहार गर्न खोजेपछि बालिकाले चिच्याउँदै ठूली आमालाई बोलाएकी थिइन् ।

पीडित बालिकाले घटनाबारे आफन्त र छरछिमेकमा जानकारी गराएपछि घटना बाहिरिएको हो । घटनाबारे अनुसन्धान भइरहेकोले थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ठोरीले आरोपित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘ठोरीमा बाबुले छोरीलाई मापसे गरेर दुर्व्यवहार गरेको गुनासो आएको छ’, उनले भने, ‘दुवै पक्षलाई बोलाएका छौं । घटनाबारे अनुसन्धानपछि नै थप कुरा खुल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment