Comments Add Comment

कर्णालीमा थपिए ९ जना कोरोना संक्रमित, १९१ जना डिस्चार्ज

२ असार, सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार ९ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ पुष्टि भएका ५ जना दैलेखको दुल्लु नगरपालिका र ४ जना सुर्खेतको गुर्भाकोट र भेरीगंगा नगरपालिकाका रहेका छन् ।

दैलेखको दुल्लु नगरपालिका-३ का एकजना ३२ वर्षीय युवक, ५ का ३० वर्षीय युवक, ७ का ३ वर्षीय बालक र ३८ वर्षीय युवक, ११ का ४२ वर्षीय पुरुष रहेका छन् ।

यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका- ११ का २१ वर्षीय पुरुष र १२ का १८ वर्षीय किशोर रहेका छन् भने भेरीगंगा नगरपालिका-११ का ६७ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ ।

योसँगै कर्णालीमा कोरोना सं‌क्रमितको संख्या १०८६ पुगेको छ ।

कर्णालीमा हासलसम्म ३४२ जना भने डिस्चार्ज भइसकेका छन् । मंगलबार मात्रै १९१ जना डिस्चार्ज भएको महाशाखाले जनाएको छ ।

मंगलबार दुल्लु अस्पतालबाट  २७, दैलेख अस्पतालबाट १२०, सल्यान अस्पतालबाट ४१ जना र प्रदेश अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment