
४ असार, काठमाडौं । बौद्धिक सम्पत्ति अधिकारको नियम उल्लंघन र बौद्धिक सम्पत्ति चोरी विरुद्धमा विश्व व्यापार संगठन (डब्ल्यूटीओ)ले साउदी अरेबियाविरुद्ध गरेको निर्णयलाई कतारले स्वागत गरेको छ ।
मंगलबार डब्ल्यूटीओले गरेको निर्णयको कतारको वाणिज्य मन्त्रालयले स्वागत गरेको हो । साउदी अरेबियाले बिओयूटीक्यु च्यानलविरुद्ध बौद्धिक सम्पत्ति अधिकार उल्लंघनको मुद्दामा कुनै कदम नचालेको र उक्त च्यानललाई बौद्धिक सम्पत्ति चोरीमा उक्साएको डब्ल्यूटीओले बताएको छ ।
साउदी अरेबियाले बौद्धिक सम्पत्ति अधिकारको नियम पालना गर्ने डब्ल्यूटीओको नियममा हस्ताक्षर गरेको र अहिले सो नियमको पालना नगरेको डब्ल्यूटीओको ठहर छ । डब्ल्यूटीओले साउदी अरेबियाले बिओयूटीअक्युविरुद्ध आपराधिक मुद्दा चलाउन नसक्ने कुनै वैध सुरक्षा चासो पनि नदेखिएको बताएको छ ।
कतारले साउदी अरेबियाविरुद्ध बौद्धिक सम्पत्ति अधिकारको विषयमा मुद्दा दायर गरेसँगै यो मुद्दामा डब्ल्यूटीओले यो मुद्दामा कारबाही शुरु गरेको थियो । कतारले भने यसलाई एक ठूलो जितको रुपमा लिएको छ । बीओयूटीओले कतारी कम्पनी बेइन मिडिया ग्रुपको कन्टेन्ट चोरी गरिएको पाइएको थियो । त्यसका साथै बीओयूटीक्युले अन्य हजारौं मुभी, टीभी शो र टीभी च्यानलहरुको पनि कन्टेन्टहरु चोरी गरेको बताइएको छ ।
त्यसका साथै साउदीले बिना कारण कतारी नागरिकहरुलाई देशनिकाला गरेको पनि डब्ल्यूटीओले उल्लेख गरेको छ । कतार र साउदी अरेबियाको बीचमा सन् २०१७ मा साउदी अरेबियालगायतका मुलुकहरुले कतारसँगको सबै कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेसँगै विभिन्न मुद्दाहरु चलिरहेका छन् ।
प्रतिक्रिया 4