Comments Add Comment

सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक बस्दै

१४ असार, काठमाडौं । शनिबारबाट नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणबारे योजना बनाउन आइतबार विज्ञहरुको बैठक बस्दैछ ।

कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको हो । बैठक साढे ९ बजेबाट बस्ने भनिएकाे छ ।

भारत हुँदै बारा र सर्लाहीबाट नेपाल प्रवेश गरेको सलह किराको झुण्ड छरिएर मुलुकका विभिन्न स्थानमा पुगिसकेको अनुमान गरिएको छ । आइतबार बिहानसम्ममा पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिएको छ ।

यसअघि कृषि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको विवरण २३ जेठमा सार्वजनिक भएको थियो । पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरवितर भएको रिपोर्टमा भनिएको थियो ।

बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको बेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्त न्यून रहेको समितिको निष्कर्ष थियो । तर, रिपोर्ट सार्वजनिक भएको २० दिनपछि नेपालमा सलह किरा भेटिएको हो ।

नेपालमा यस किराले कति क्षति पुर्‍यायो भन्ने विवरण सार्वजनिक भइसकेको छैन । नेपालमा ६० वर्ष अघि सन् १९६० मा पनि काठमाडौं उपत्यकामा सलह किरा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment