Comments Add Comment

पूजाआजा र उपवासको विज्ञान

खासगरी वर्षायाम सुरु भएसँगै वा असार मासपछि पूजाआजा गर्ने, भक्ति–भजन गर्ने, तिर्थ–व्रत गर्ने चलन छ । यस अवधीमा शरीर तथा मनलाई शुद्ध गर्नुपर्ने धार्मिक मान्यता छ । असार मासको शुक्ल पक्षको एकादशीपछिको चार महिनाको समयलाई ‘चतुर्मास’ भनिन्छ । यस अवधिमा विवाह, गृहारम्भ, गृहप्रवेश जस्ता मांगलिक कार्य गर्न उचित मानिदैन । बरु, व्रत, उपवास, साधना, आरधाना, जप–तप गर्दा लाभ हुने विश्वास गरिन्छ ।

यो समयमा विहान उठेर नुहाउनु, पूजाआजा गर्नुपर्ने मान्यता छ । साथै माछामासु, मसलेदार, तारेको–भुटेको खानेकुरा खान अनुचित हुने र सात्विक भोजन अपनाउनुपर्ने बताइन्छ । यी सबै विधी–विधान धार्मिक भएपनि यसमा वैज्ञानिक अर्थ भेटिन्छ ।

जस्तो कि, अहिले वर्षायाम सुरु भएको छ । यतिबेला हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । त्यसैले चिकित्सकहरुले खानपानमा सर्तकता अपनाउनुपर्ने सुझाव दिन्छन् । खानेकुरा सहजै नपच्ने र संक्रमणको समेत भय हुने भएकाले शुद्ध, ताजा, सात्विक खानेकुरामा जोड दिइन्छ ।

त्यसैगरी वर्षायाममा व्रत एवं उपवास बस्दा पाचन सम्बन्धि समस्या हुँदैन एवं पाचन यन्त्र वलियो हुन्छ ।

यसबेला पूजाआजा, भजन–किर्तनले मनलाई शान्त र सकारात्मक बनाउन मद्दत गर्छ । पूजाआजाको लागि मूख्यत विहान र साँझको समय उपयुक्त मानिन्छ । यी दुबै समयमा गरिने पूजाआज हाम्रो मानसिक स्वास्थ्यसँग पनि जोडिएको छ । मनमा आउने अनेक विकार लोभ, भय, वासना, घृणा आदि त्याग्न र मनलाई करुणामय, शान्त र सकारात्मक बनाउन यो एक उपयुक्त विधी हुनसक्छ ।

भजन–किर्तन गर्दा शंख बजाउने, ताली बजाउने गरिन्छ । ताली बजाउँदा समेत स्वास्थ्य लाभ मिल्छ । चिकित्सकहरुले भनेका छन्, हाम्रो हातमा एक्युप्रेशर प्वाइन्ट हुन्छन् । एक्युप्रेशर पद्धतीमा यिनै हत्केलामा दबाइएर कतिपय उपचार गरिन्छ । जब हामी ताली बजाउँछौं, हत्केलाको एक्युप्रेशर प्वाइन्टमा दबाव पर्छ । यसले हृदयरोग, फोक्सोको रोग जस्ता अनेक रोगको भयबाट बचाउँछ । साथै रक्तसंचारमा हुने अवरोधलाई पनि हटाउँछ ।

यसैगरी शंख बजाउनुको पनि वैज्ञानिक कारण छ । खासगरी शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ । यसको ध्वानीलाई जागरणसँग जोडिएको छ । शंखमा पानी राखेर पिउँदा उच्च रक्तचाप लगायतको समस्या नहुने बताइन्छ ।

बिहान एवं साँझमा धूपबत्ती जलाउँदा पनि त्यसले फाइदा गर्छ । खासगरी घिउ र कपुरको मिश्रणमा दियो जलाइन्छ । खासगरी यो विधी ‘वायुशोधन’का लागि अति उपयोगी मानिन्छ । वायुमण्डलमा हुने दूषित कणहरु, दुर्गन्ध हटाउने वैज्ञानिक प्रणाली नै मानिन्छ ।

यसबेला हवन पनि गर्ने धार्मिक विधान छ । आँपकाउ दाउरा, चन्दनको दाउरा, बेल, नीम, पिपलको बोक्रा, आँपको पात, तील, अश्वगन्धको जरा, कपूर, ल्वाङ, चामल, घिउ, सख्खर, जौ, तील, अलैंची आदि अग्नीमा हालिन्छ । हवनका लागि गाईको गोबरले बनाइएको स–सना कचौरामा घिउ हालिन्छ । यसरी हवन गर्दा वायुमण्डलमा रहेको विषाक्त तत्व नष्ट हुने विश्वास गरिन्छ । शुद्ध वायुको श्वास स्पर्श र सात्विक खानपानबाट आरेग्य, बुद्धि, बल एवं पराक्रम बढ्ने विश्वास गरिन्छ ।

आरतीको प्रकार विधी

हिन्दु धर्ममा सन्ध्योपासनाको पाँच प्रकार छ । १. सन्ध्यावन्दन, २. प्रार्थना, ३. ध्यान, ४. कीर्तन र ५. पूजा–आरती । मान्छेको जुन कुरामा श्रद्धा छ, त्यही गर्न सक्छन् ।

आरती केही प्रकारका हुन्छन् । जसतो मंगल आरती, पूजा आरती, धूप आरती, भोग आरती, शृंगार आरती, सन्ध्या आरती र शयन आरती । मथुरा वृन्दावनको मन्दिरमा भगवान श्रीकृष्णको अष्ट प्रहरको आरती गरिन्छ । सामान्यतय हामीले घरमा भने बिहान अर्थात प्रातकालिन र सन्ध्याकालिन आरती गर्छौं ।

आरतीलाई ‘आरत्रिक’ अथवा ‘नीराजन’को नामले पनि पुकारिन्छ । आराध्यको पूजनमा जे–जति कमीकमजोरी हुन्छ, त्यसको पूर्ति आरतीबाट हुने विश्वास गरिन्छ ।

साधारणतय ५ बत्ति भएको दीप बालेर आरती गरिन्छ, जसलाई ‘पन्चप्रदीप’ भनिन्छ । यसका साथै १, ७ अवा विषम संख्याभन्दा बढी दीप बालेर पनि आरती गर्ने विधान छ । सबैको अलग–अलग महत्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment