Comments Add Comment

विद्यालय पुनर्निर्माण गर्न २ अर्ब ६७ करोड स्रोतको जोहो

२२ असार, काठमाडौं । विद्यालय पुनर्निर्माणका लागि थप २ अर्ब ६७ करोड रुपैयाँको स्रोत सुनिश्चितता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार यससँगै अब विद्यालय पुनर्निर्माणका लागि स्रोतको अभाव नहुने भएको हो । विद्यालय पुनर्निर्माणमा भौतिक निर्माणको काम अगाडी बढेपनि कतिपय कामको भने भुक्तानी बाँकी थियो । विद्यालय पुनर्निर्माणमा फरक फरक निकायले लगानी गरेका छन् ।

यसपटक नेपाल सरकारकाबाट प्राप्त हुने २ अर्ब ६७ करोड रुपैयाँको स्रोत सुनिश्चित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

उनले भनेका छन्, ‘भुकम्पबाट क्षति भएका सबै विद्यालय पुनर्निर्माण हुने निश्चित भएको छ । विद्यालय पुनर्निर्माणका लागि थप २ अर्ब ६७ करोड रुपैयाँको स्रोत सुनिश्चितता भएको छ ।’
प्राधिकरणका अनुसार विद्यालय पुनर्निर्माणमा धेरै निकायले स्रोत उपलब्ध गराएका छन् । नेपाल सरकारसहित एसियाली विकास बैंक र विभिन्न गैरसरकारी संस्थाले समेत विद्यालय पुनर्निर्माणको जिम्मा लिएका छन् ।

देशभर ७ हजार ५ सय ५३ वटा विद्यालय पुनर्निर्माण गर्नु पर्नेछ । त्यसमध्ये ५ हजार ५ सय ९८ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । १ हजार ४ सय ९२ वटा विद्यालय पुनर्निर्माणको क्रममा रहेका छन् । ४ सय ६३ स्कुलको समेत पुनर्निर्माण शुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment