Comments Add Comment

विप्लव समूहका नेता हतियारसहित पक्राउ

३० असार, विराटनगर । मोरङ प्रहरीले विप्लव समूहका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुखलाई पक्राउ गरेको छ ।

४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई मंगलबार उर्लाबारी नगरपालिका-३ स्थित घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

बोहराका साथबाट एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली, डेटोनेटर र सकेट बम बरामद भएको प्रहरीले जनाएको छ ।

उनका साथबाट पूर्व लडाकु लेखिएको एक थान छापसहितका सामाग्री समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment