Comments Add Comment

खड्कालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

३० असार, विराटनगर । जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी काण्डमा पक्राउ गरेका हरिशरण खड्कालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

मंगलबारको थुनछेक बहसपछि जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले खड्कालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिए । उनका अनुसार खड्का जिल्ला कारागार मोरङ पठाइएको छ ।

दुवईबाट शनिबार काठमाडौं ल्याइएका खड्कालाई सोमबार अदालतमा लगिएको थियो तर, आरडीटी पोजेटिभ आएपछि थुनकेछ बहस नगरी फर्काइयो । पीसीआर नेगेटिभ आएपछि मंगलबार थुनछेक बहस भयो ।

काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय खड्का तस्करीमा संलग्न चुडामणी उप्रेती गोरेका सहयोगी भएको प्रहरीको दाबी छ । उनीसहित ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment