Comments Add Comment

नेपाल आयल निगमको १० तले कर्पोरेट भवन बन्ने

३० असार, काठमाडौं । नेपाल आयल निगमले आफ्नो १० तले केन्द्रीय कार्यालय भवन बनाउने भएको छ । हालको केन्द्रीय कार्यालय भूकम्पका कारण कमजोर भएकाले सबै कर्पोरेट सेवा एकै स्थानबाट दिने गरी भवन बनाउन प्रक्रिया अघि बढाएको निगमले जनाएको छ ।

‘हालको केन्द्रीय कार्यालयको सबै संरचना भूकम्पपछि रातो लागेको अवस्था छ, अब बहुउद्देश्यीय आधुनिक भबन बनाउँदैछौं’ निगमका निर्देशक एवं इन्जिनियरिङ विभाग प्रमुख पूर्णप्रसाद रिजालले भने ।

केन्द्रीय भवनको कन्सल्ट्यान्सीको काम सकिएको र अन्तिम रिर्पोटको पर्खाइमा रहेको उनको भनाइ छ ।

निगमले नक्सा पासको प्रक्रिया पनि अघि बढाएको रिजालले बताए । एक अर्ब २२ करोड (कर सहित)को लागतमा बेसमेन्टसहित दश तल्ले केन्द्रीय कार्यालयको भवन निर्माण हुने निगमले जनाएको छ । भवन निमार्णको कार्य प्रारम्भपछि केन्द्रीय कार्यालय टेकु सारिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment