Comments Add Comment

यही सरकारले निरन्तरता पायो भने नेकपा समाप्त हुन्छ : खनाल

२९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने हो भने जनमत समाप्त हुने बताएका छन् ।

साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेकपाको आजको समस्या के हो ? सम्भावना के हो ?’ शीर्षकको भर्चुअल छलफल कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘यो सरकार पाँच वर्ष चल्यो भने नेकपा रुट आउट हुन्छ, हाम्रो जनमत समाप्त हुन्छ ।’

सरकारले प्रभावकारी काम गर्न नसक्दा आधा जनमत खुम्चिसकेको खनालको भनाइ छ । उनले नेकपासामु तीन वटा विकल्प रहेको बताए ।

वरिष्ठ नेता खनालले अघि सारेका तीन विकल्प उनकै शब्दमा :

यथास्थितिमा जाने : पार्टीमा फटुने हो कि भनेर बस्ने, प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रसित भएर बस्ने । यो सरकार पाँच वर्ष चल्ने हो भने नेकपा ‘रुट आउट’ हुन्छ । नेकपाको जनमत समाप्त हुन्छ । अहिले नै आधा जनमत खुम्चिसकेको छ । जताततै सरकारको विरोध बढेको छ । एकपछि अर्को अनियमिततालाई सरकारले नियन्त्रण गर्न सकेको छैन । प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनु भएको छ । यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ ।

सुधार गरेर जाने : पार्टी भित्रै सुधारको आवश्यकता छ । सरकार, नीति र पद्धतिमा सुधार गर्नुपर्दछ । सरकार, नीति, कार्यक्रमलाई पुनर्गठन गर्नुपर्दछ । जसले गर्दा अगामी निर्वाचनमा बहुमत ल्याउन सकिन्छ । पार्टीले ल्याएको दुई तिहाई सरकारले खाइसकेको छ । तत्कालाई दुई तिहाईको कल्पना गर्न सक्दैनौं ।

अनिश्चित भविष्य : सुधार गर्न नसकेकर यथास्थितिमा बस्यौं भने अनिश्चित तिर जान्थ्छौं । सही नीति लिन सकेनौं भने भूराजनीतिक कारणले कम्प्युनिष्ट पार्टी मात्रै होइन कुनै पनि राजनीतिक शक्ति टिक्न सक्दनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment