+
+
Shares

क्रान्तिकारी भूमि सुधार बिना सुकुमवासी समस्या समाधान हुन सक्दैन : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले सुकुमवासीका नाममा समाजमा डोजर आतंक सिर्जना गरेको आरोप लगाए ।
  • खनालले क्रान्तिकारी भूमि सुधारबिना वास्तविक भूमिहीन र गरीब किसानको समस्या समाधान हुन नसक्ने स्पष्ट पारे ।
  • मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा खनालले सुकुमवासी समस्या समाधानका लागि थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।

१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले सुकुमवासीको नाममा समाजमा डोजर आतंक सिर्जना गरिएको बताएका छन ।

मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।

समाजमा आतंक सिर्जना गरेर सुकुमवासी समस्या समाधान नहुने उनको भनाइ छ । क्रान्तिकारी भूमि सुधार बिना वास्तविक भूमिहीन, गरिब किसान सुकुमवासीको समस्या समाधान हुने उनले बताए ।

खनालले भने, ‘सुकुमवासीको नाममा जुन प्रकारको डोजर आतंक समाजमा सिर्जना गरिएको छ ।  सुकुमवासी समस्या त्यसरी समाधान गरिँदैन । क्रान्तिकारी भूमि सुधार बिना वास्तविक भूमिहीन, गरिब किसान सुकुमवासीको समाधान हुन सक्दैन । हामीले लामो समयदेखि जनतालाई भन्दै आइरहेका छौं । त्यसरी सुकुमवासी समस्या समाधान हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?