+
+
Shares

‘संविधान संशोधन’ बाँदरको हातमा नरिवल बन्न दिनु हुँदैन : झलनाथ खनाल

संविधान संशोधन एउटा लचिलो दस्तावेज भए पनि संशोधनको नाममा बाँदरको हातमा नरिवल बन्न दिन नहुने खनालको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधनको काम अनाडीहरूबाट हुन नहुने बताएका छन् ।
  • खनालले संविधानलाई बाँदरको हातमा नरिवल बन्न दिन नहुने उल्लेख गर्दै यसलाई निश्चित मापदण्ड र संयन्त्रका आधारमा मात्र संशोधन गर्नुपर्ने बताए ।
  • मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा उनले मुलुकको गणतन्त्र र संविधानमाथि विभिन्न चुनौती तथा खतरा बढ्दै गएको बताए।

१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अनाडीहरूबाट संविधान संशोधन नगरिने बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।

संविधान संशोधन एउटा लचिलो दस्तावेज भए पनि संशोधनको नाममा बाँदरको हातमा नरिवल बन्न दिन नहुने खनालको भनाइ छ ।

संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसको मेकानिजमको आधारमा गरिनुपर्ने उनले बताए ।

देशमा अहिले राजनीतिक लगायत अनेक खालका चुनौतीहरू रहेको भन्दै उनले मुलुकको संविधानमाथि नै खतरा देखा परेको उनले बताए ।

खनालले भने, ‘आज यो देशमा जुनखालका चुनौतीहरू देखापरिरहेका छन् । राजनीतिक चुनौतीदेखि लिएर यो देशको अस्तित्वमाथि खतरा आइरहेको छ । गणतन्त्रमाथि खतरा आइरहेको छ । अहिलेको संविधानमाथि खतरा आइरहेको छ । संविधान एउटा लचिलो दस्तावेज हो । आवश्यकता अनुसार परिष्कृत-परिमार्जन गर्नुपर्छ । तर बाँदरको हातमा नरिवल बन्न दिनुहुँदैन । संविधानलाई हामीले संशोधन गर्नुपर्ने भए पनि त्यही स्ट्यान्डर्डको आधारमा, त्यही मेकानिजमको आधारमा गर्नुपर्छ । अनाडीहरूबाट संविधान संशोधन गरिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?