
३० असार, गुल्मी । गुल्मीमा करेन्टर लागेर मंगलबार एकजना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका–२ बाझकटेरी सिम्लेपाटा निवासी ६० वर्षीया कुमारी सार्की रहेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरीक्षक पंकज चुँदालीले जानकारी दिए ।
चुँदालीले भने, ‘उनको गोठमा बत्तीका लागि बिजुलीको तार जडान गरिएको रहेछ । उक्त तार मुसाले काटेका कारण सो भाग छुन पुग्दा उनलाई करेन्ट लागेको रहेछ ।’ मृतक महिलाको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल पठाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4