
३० असार, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई एवं शुभकामना दिएका छन् ।
खनालले महानिरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेट गरी सफल कार्यकालको शुभकामना सहित बधाई दिएका हुन् ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल र प्रहरी महानिरीक्षक थापाबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।
भेटका क्रममा प्रहरी महानिरीक्षक थापाले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनोस्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4