Comments Add Comment

ठमेलमा आपसी समझदारीमा घर भाडा छुट

१ साउन, काठमाडौ । मुलुकको प्रमुुख पर्यटकिय स्थल ठमेलका घरधनी र व्यवसायीले कोरोना महामारीबाट उत्पन्न परिस्थितिको सामना गर्न आफूहरु एकजुट रहेको बताएका छन । उनीहरुले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन ।

कोरोना भाईरस (कोभिड-१९)महामारीको चपेटामा रहेको यो समयमा दुबै पक्ष समझदारीमा घरभाडा लगाायतका समस्या समाधानमा तयार रहेको भन्दै उनीहरुले सरकारको अभिभावकीय भूमिका आवश्यक रहेको बताएका छन ।

कार्यक्रममा घरधनी र व्यवसायी समेत रहेका योगराज राजभण्डारीले हाल ९० देखि ९५ प्रतिशत घरधनी र व्यवसायीबीच भाडा छुटमा समझदारी बनिसकेको दावी गरे ।

‘धेरै घरधनी र व्यवसायीले आपसि समझदारीमा भाडाको समस्याको समाधान गरिसकेका छन । यसअघि ठमेल क्षेत्रका घरधनीले ५० प्रतिशत छुट दिने समझदारी बनेको समाचार पनि आएका थिए । तर, यसमा सत्यता छैन । संकटको समयमा मिलेर जानुको विकल्प छैन,’ उनले भने ।

त्यस्तै ठमेल पर्यटन परिषदका उपाध्यक्ष भविश्वर शर्माले व्यवसायी र घरबेटी दुबै पक्षको जित हुने गरी अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

त्यस्तै अर्का व्यावसायी राजुमान डंगोलले भने । कोरोना महामारीले पर्यटन क्षेत्रलाई सबैभन्दा बढि प्रभावित बनाएको बताए ।’कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा आश्रति घरधनी, व्यावसायी र मजदुर गरी लाखौँ परिवारको जीवनयापनमा अपुरणिय असर पुर्‍याईरहेको छ ।

हामी भाडा लगाायतका समस्या समाधान आपसि सहमतिमा गर्न सक्छौँ । तर,यसमा सरकारको भूमिका आबश्यक छ,’ डंगोलले भने ।

उनीहरुले ‘भ्रमण बर्ष-२०२०’ लक्षित गरी देशभर पर्यटन क्षेत्रमा भएको लगानि समेत महामारीका कारण जोखिममा परेको र लामो लकडाउनका कारण समग्र पर्यटन क्षेत्रमा नराम्रोे असर परेको भन्दै पर्यटन क्षेत्रमा परेको असर न्युनिकरण गर्न र पर्यटन क्षेत्रलाई पहिलेकै अबस्थामा ल्याउन घरधनी,व्यावसायी, मजदुर तथा पर्यटन सम्बद्ध सबै संघसँस्थाहरु एकजुट भएर सरकारको अभिभावकिय भूमिका खोज्नुपर्नेमा बताए ।

त्यस्त अर्का व्यावसायी तेजेन्द्रनाथ श्रेष्ठले ठमेल क्षेत्रको पर्यटकीय गतिविधि उकास्न साप्ताहिक मनोरञ्जनात्मक कार्यक्रम, मोबाइल तथा अन्य गयाजेट्स मेला लगायत कार्यक्रम गर्ने गरि विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिए ।

‘यस क्षेत्रका हरेक घरधनी र व्यावसायीहरुको समस्याको प्रकृति फरक फरक भएको हुनाले हाल देखिएको घर भाडाको समस्या समाधानका लागी घरधनी र व्यावसायी विचको आपसी समझदारीबाट नै समाधान गर्नु उत्तम विकल्प रहेको छ । तर,पर्यटन क्षेत्रको समस्या समाधानमा यति मात्र पर्याप्त हुने देखिँदैन । ठमेल लगायत समग्र पर्यटन क्षेलाई चलायमान बनाउन सरकारले विभिन्न पक्षलाई ध्यानमा राखेर तत्कालीन अबस्थामा छुट,राहत तथा दिर्घकालिन योजना ल्याउनु आवश्यक देखिन्छ,’उनले भने ।

उनीहरुले यस अवस्थामा सरकारले बैंकको व्याजदर, ईन्टरनेट, विद्युत, कर, टेलिफोन लगायतमा दिनसक्ने छुटका लागि सरकारले तत्काल योजना बनाएर आवश्यक निर्णय लिनुपर्ने माग राखेका छन ।

सरकारले मुलुकको समग्र देशको पर्यटन क्षेत्रलाई सम्बोधन गर्नेगरी समाधान खोज्नुपर्ने भन्दै सरकारले पर्यटन क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्बद्ध सबै पक्षको समस्यालाई सम्बोधन गर्नेगरी सरकारको भुमिका थप सशक्त हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment