Comments Add Comment

भारतमा कोरोना संक्रमित १० लाख नाघे

२ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित संख्या १० लाख तीन हजार ८३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ३४ हजार ९५६ नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकैदिन कोरोना भाइरसका सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा निरन्तर कोरोना भाइरसका एकैदिन थपिने संख्याले रेकर्ड बनाइरहेको छ । अहिलेसम्म विश्वभर अमेरिका, ब्राजिल र भारतमा मात्र कोरोना भाइरसका १० लाखभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २५ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २५ हजार ६०२ जनाको मृत्यु भइसकेको छ । भारतमा बढ्दो कोरोना संक्रमणको विषयलाई लिएर विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् । उनले बढ्दो संक्रमण रोक्न ठोस र योजनाबद्ध कदम चाल्नु जरुरी रहेको बताएका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका ६ लाख ३५ हजार ७५७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment