Comments Add Comment

त्रिलोचन पंगेनीको प्रतिक्रिया- मौद्रिक नीतिले सबैलाई समेट्यो

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले आर्थिक वर्ष २०७७/७८ का लागि आएको मौद्रिक नीतिले सबै वर्गलाई समेटेको प्रतिक्रिया दिएका छन् ।

अनावश्यक खर्च कटौती गर्ने तथा कोभिड प्रभावित क्षेत्रलाई राहत हुने किसिमको नीति तर्जुमा गरिएको उनले बताए । कोरोनका कारण अर्थतन्त्रले शिथिल बनेको अर्थतन्त्रलाई राम्रो दिशामा ल्याउन यो मौद्रिक नीतिले सहयोग पुर्‍याउने पनि उनले बताए ।

‘समग्रमा मौद्रिक नीति राम्रो छ, यसले सबै वर्गलाई समेट्ने कोसिस गरेको छ’ उनले भने, ‘यो एकदमै राम्रो छ, मलाई विश्वास छ यसले मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि लैजाने छ।’

उनले महामारीका बेला यत्तिको मौद्रिक नीति आउनु राम्रो भएको बताए । उनले राष्ट्र बैङ्कलाई पूर्व कार्यकारी निर्देशकहरूले दिएको सुझाव स्मरण गर्दै भने, ‘हामीले कोभिडका बेला कस्तो मौद्रिक नीति ल्याउने भन्ने सुझाव पनि दिएका छौं, धेरै समेटिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment