Comments Add Comment

घर कर्जाको सीमा यथावत, हाउजिङलाई दिने ऋणमा कडाइ

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आवासीय घर कर्जालाई यथावत राखेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै बैङ्कले आवासीय भवनको लागि बैङ्कबाट दिइने ऋणमा विगतकै व्यवस्था यथावत राखेको हो ।

पहिलो पटक घर बनाउनेको हकमा कर्जाको ऋण भुक्तानी अनुपात हालसम्म ६० प्रतिशतमै राखिएको छ । यसअघि फागुनसम्म यस्तो कर्जाको सीमा ५० प्रतिशत थियो । तर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ६० प्रतिशत पुर्‍याइएको थियो ।

कोभिड-१९ले थलिएको अर्थतन्त्रलाई माथि उकास्न सरकारले घर कर्जालाई यथावत छाडेको हो । मध्यमवर्गीय परिवार र हाउजिङ व्यवसाय दुवै प्रभावित हुन नदिन राष्ट्र बैङ्कले यस्तो कर्जा सहज बनाएको हो ।

राष्ट्र बैङ्कले हाउजिङ कम्पनीहरूको परियोजनालाई पनि ऋण दिने व्यवस्था कडा पारेको छ। महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा ऋण मूल्य अनुपात ४० प्रतिशत र बाहिर ५० प्रतिशत तोकिएको छ ।

सरकारले केही वर्षअघिदेखि नै रियल स्टेटसम्बद्ध व्यवसायमा प्रवाह हुने ऋणलाई कस्दै आएको छ । तर यो वर्ष कोरोनाका महामारीले अर्थतन्त्रलाई गाँजेपछि विस्तारको बाटो खोल्ने गरी आवासीय घरकर्जा लगायतलाई सहज बनाइएको हो ।

राष्ट्र बैङ्कको यो नीतिले काठमाडौंलगायतका सहरमा घरजग्गा व्यवसाय फास्टाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment