+
+
Shares

बैंकहरू खराब साहुजस्ता : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १२:४६

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले ऋणीहरुमाथि खराब साहुको जस्तो व्यवहार गरेको टिप्पणी गरेका छन् । ऋणी अप्ठ्यारोमा परेको बेला उसलाई सहयोग गर्नुको साटो झन् घाँटी निचोर्ने खालको व्यवहार बैंकबाट हुने गरेको प्रधानमन्त्रीको टिप्पणी छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजबाट सुरु पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उदघाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अप्ठ्यारोमा पर्‍यो भने ऋण असुल गर्न हतार गर्ने होइन, ऋण थपेर त्यसको व्यवसायलाई टिकाएर बल्ल असुल गर्ने बाटो लिनुपर्छ । उद्योगहरुको सन्दर्भमा पनि त्यही हो ।’

उद्योगी व्यवसायीहरु अप्ठ्यारोमा परे भने बैंकहरुको ध्यान हतार–हतार असुल्नतिर जाने गरेको भन्दै प्रधानमन्त्रीले त्यस्तो व्यवहार नगर्न सुझाव दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘भन्दाखेरि खराब ऋणी भन्ने, तर त्यहाँ साहु खराब हुन्छ । जसले अप्ठ्यारो परेको बेला सहयोग गरेर अगाडि बढाउने ठाउँमा, अप्ठ्यारो बेलामा मद्दत नगरेर अझ घाँटी निचोर्ने खालको काम हुन्छ । यस कुराबाट हामी जोगिनुपर्छ ।’

कोही ऋणी भएर ऋण नतिरेर डुब्न नचाहने भन्दै प्रधानमन्त्री ओलीले कहिलेकाहिँ परिस्थितिले अप्ठ्याराहरु आउने बताए । अप्ठ्यारोमा परेकाहरुलाई मद्दत गर्न र तरिका मिलाएर ऋण उठाउन उनले बैंकहरुलाई सुझाव दिए ।

‘त्यो रिटर्न हुन्छ, तरिका मिलायो भने रिटर्न हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘उसलाई मद्दत गर्नुपर्यो । ऊ डुब्दैछ भने पहिले उसलाई उतार्नुपर्यो । ऊ डुबिहाल्यो भने त कहाँबाट तिर्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?