+
+
Shares

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकाको चर्चा चुलिँदो छ ।

प्रकाश सिंह प्रकाश सिंह
२०८३ जेठ १ गते ६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले बडिमालिकालाई 'स्विजरल्याण्डको बाउ' भनेपछि यहाँ आउने धार्मिक तथा पर्यटकहरूको संख्या बढेको छ।
  • बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय मिटर उचाइमा रहेको छ र सरकारले यसलाई १०० कार्यसूचीमा समेटेको छ।
  • बडिमालिका क्षेत्रका मनमोहक त्रिवेणी क्षेत्र, विष्णुपानी, धर्मद्वार र दुर्लभ वन्यजन्तु पर्यटकको आकर्षणका केन्द्र हुन्।

१ जेठ, बाजुरा । धार्मिक तथा पर्यटकीय स्थल बडिमालिकाको चर्चा चुलिँदो छ । पछिल्लो समय बडिमालिका जानेको संख्या बढिरहेको छ । प्रधानमन्त्री बालेन शाहले चुनावी प्रचारका क्रममा कैलालीको धनगढीमा ‘स्विजरल्याण्डको बाउ’ बडिमालिका यहीँ रहेको भन्दै अभिव्यक्ति दिएपछि झन् यसको चर्चा चुलिएको हो ।

प्रधानमन्त्री बालेनले बडिमालिका बारेमा अभिव्यक्ति दिएपछि अहिले धार्मिक पर्यटकहरूको संख्या बढिरहेको पदप्रदर्शक (गाइड) नर बहादुर रावल बताउँछन् । सरकारले १०० कार्यसूचीमा पनि बडीमालिकालाई समेटेको छ ।

बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय मिटर उचाइमा छ । पछिल्ला दिनहरुमा प्रचारप्रसार बढेसँगै यहाँ आउनेको संख्यामा वृद्धि भइरहेको बडिमालिका नगरपालिका नगरप्रमुख अम्मर बहादुर खडका बताउँछन् ।

‘हरेक बर्ष जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने दिनमा मात्र भक्तजन तथा पर्यटक आउने गर्थे । अहिले सबै समयमा तीर्थयात्रीहरू आइरहेका छन्,’ उनले भने ।  यहाँको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ ।

मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, खेतीबाली, विष्णुपानी, धर्मद्वार बडिमालिका क्षेत्रका प्रशिद्ध स्थल हुन् । खेतिबेति क्षेत्रमा परापूर्वकालमा भगवती र मैसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान अहिले पनि यहाँ रहेको किंवदन्ती पाइन्छ । यहाँ डाँफे, मुनाल, कस्तुरी र झालरजस्ता दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् ।

यहाँबाट सुन्दर हिमश्रृंखलाको अवलोकन पनि गर्न सकिन्छ ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?