Comments Add Comment

चोरी गर्न आएको व्यक्ति ठानेर कुटपिट गर्दा निर्दोषको मृत्यु

२ साउन, काठमाडौं । चोरी गर्न आएको व्यक्ति ठानेर सर्वसाधारणले कुटपिट गर्न थालेपछि एकजना निर्दोष व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भई कपुरधारा बस्दै आएका छिरिङ लामा छन् ।

अर्का एकजना दार्जे तामाङ भन्ने व्यक्ति घाइते भएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार घटना तारकेश्वर नगरपालिका-५, गोलढुंगाको हो । मध्यराति दुईजना मादक पदार्थ सेवन गरेर गएपछि एक घरको कुकुर भुकेको थियो ।

त्यसक्रममा उनीहरुले पनि होल्ला गर्न थालेपछि परिवारका व्यक्ति पनि बाहिर निस्किएका थिए । र, विवाद बढेको थियो ।

पछि उनीहरु भागेपछि चोर, चोर भन्दै कराएपछि सर्वसाधारणले उनलाई ढुंगा हानेको पाइएको प्रहरीले जनाएको छ । बालाजुका डीएसपी रंजितसिंह राठौरले अनलाइनखबरलाई बताएअनुसार उनको टाउकोमा चोट लागेको पाइएको छ।

घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरीले लामालाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको थियो । तर, अस्पतालले मृत घोषित गर्‍यो । अहिले दुई जनालाई पक्राउ गरेर विस्तृत अनुसन्धान थालिएको ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment