
१ साउन, काठमाडौं । भारतको विदेश मन्त्रालयले श्रीराम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवलाई प्रधानमन्त्री ओलीले राम जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे प्रश्न सोधिएको थियो । जवाफमा उनले नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेको भन्दै थप टिप्पणी नगर्ने बताए ।
उनले भने, ‘भारतको विशाल संस्कृतिक विरासतबाट विश्व जानकार छ । र, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेकाले थप टिप्पणी गर्न चाहन्नँ ।’
प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा परेपछि परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै यो राजनीतिक विषय नभएको र कसैको भावनामा चोट पुर्याउने उद्देश्य नभएको बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4