१ साउन, गलकोट (बागलुङ) । बागलुङ नगरपालिका-१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका-१० निवासी १८ वर्षीय जीवन पुन शुक्रबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जीवन गत असार ३० गते पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ की दिदीका घरबाट जैमिनी हिँडेपछि सम्पर्कविहीन भएकोमा शुक्रबार कालीगण्डकी किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
शव प्रहरीले परीक्षणका लागि धवलागिरि अस्पतालमा राखिएको छ । दिदीका घरबाट कालीगण्डकी तरेर जैमिनीतर्फ जाने क्रममा ठूलो पानी परेका कारण चिप्लिएर नदीमा खसेको हुन सक्ने प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4