Comments Add Comment

थप १५६ जनामा कोरोना संक्रमण, ५८ जना डिस्चार्ज

४ साउन, काठमाडौं । आइतबार नेपालमा थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन्  ।

मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै सप्तरीमा ३२ जना स‌ंक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २४ जना, सर्लाहीमा २३ जना, बर्दिया र नवलपरासीमा १०/१० जना, पर्सामा ७ जना, कास्की, लमजुङ र म्याग्दीमा ६/६ जना, बाँके र दाङमा ५/५ जनामा कोरोना संक्रमण देखिएको छ ।

ललितपुर, सर्लाही र रौतहट, स्याङ्जा, रुपन्देही र डडेल्धुरामा २/२ जनामा संक्रमण देखिएको छ ।

सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्युठान र सल्यानमा १/१ जनामा संक्रमण देखिएको छ ।

८ जिल्लामा शून्य संख्या

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ८ जिल्लामा हाल कोरोना संक्रमित छैनन् । भोजपुर पाँचथर धनकुटा रसुवा, मनाङ, मुस्ताङ हुम्ला र जुम्लामा हाल संक्रमित छैनन् ।

रौतहट, कैलाली र बाजुरामा भने ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment