Comments Add Comment

विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर ओली–प्रचण्ड छलफल

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार साँझ करिब तीन घण्टा छलफलपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । माधव नेपाल समूहका नेताहरुसँगको छलफलपछि प्रचण्ड ओलीलाई भेट्न बालुवाटार गएका थिए ।

दुई अध्यक्षबीचको वार्तामा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । पार्टी एकताको वातावरण बनाउने प्रक्रियादेखि नै ओली र प्रचण्डको सहमतिका साक्षी र मस्यौदाकार रहँदै आएका पौडेल र शर्मा शनिबार राति राष्ट्रपति भवनमा पनि सँगै थिए ।

आइतबारको छलफलमा दुवै अध्यक्षबीच के कुरा भयो भन्नेबारे दुवै पक्ष बोल्न चाहेका छैनन् । तर, दुई अध्यक्षबीचको समझदारीबाटै अहिलेका समस्या हल हुने उनीहरुले बताएका छन् । पौडेल र शर्मा दुवै जनाले सार्वजनिक रुपमा प्रतिक्रिया दिन मानेका छैनन् ।

आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ ।

शनिबारको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको छलफलमा आफूले सहमति नजनाएको बताएका थिए । आफूलाई फसाएर विवादमा तानिएको र परिबन्दमा पारेर राष्ट्रपति कहाँ बोलाइएको प्रचण्डको गुनासो छ ।

माधव नेपालसहितका नेताहरुसँग भेट्नुअघि प्रचण्डले आइतबार बिहान उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेलसँग अलग–अलग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment