+
+

३३ सयबढी नमुना परीक्षण, ५७ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३ गते २०:२६

३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ३३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६३७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट १०३ जना निको भएर डिस्चार्ज भएका छन् ।

कहाँकहाँ थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कैलालीमा १३ जना संक्रमित थपिएका छन् । यस्तै मोरङका ९, डोटीका ७, दैलेखका ५, रुकुम पश्चिमका तीन र तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

इलाम, झापा, बारा, नुवाकोट, बाग्लुङ, पर्वत, सल्यान र कञ्चनपुरमा एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर६४७८८१
आरडीटी३१२४०२
आइसोलेसनमा१५२७३
संक्रमित २५५२९
निको भएको२००७३
मृत्यु१८३
क्वारेन्टिनमा९४४८८
अपडेटः २०७७ भदाै ११ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?