Comments Add Comment

यस्तो छ राजु परियार र टिका पुनको तीज गीत

तीज आउन अझै केही समय बाँकी छ । तर, बजारमा भने तीज गीतको रौनक सुरु भएको छ । त्यसो त यसबीचमा केही यस्ता तीज गीत सार्वजनिक भए, जो विवादित बन्न पुग्यो ।

जब बजारमा तीज गीत घन्कन थाल्छ, चर्चा र विवादपनि सुरु हुन्छ । खासगरी तीज गीतमा मौलिकता हराउँदै गएको एकथरीले तर्क गर्ने गरेका छन् भने अर्कोथरी तीज परम्परा बिरुद्ध नै तीज गीत गाइरहेका छन् । यसैबीच गायक राजु परियार र टिका पुनको स्वरमा नयाँ तीज गीत आएको छ । गीतको बोल छ, आँगनीमा ।

यसमा राजु परियार र टिका पुनलाई प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरले स्वरमा साथ दिएका छन् । स्मृति शाही, पुष्पा बोहोरा र मुना रोक्काको पाश्र्व स्वर छ ।  यसको शब्द तथा लय कलशी रोकायको हो । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।

प्रभावन जेले निर्देशन गरेको भिडियोमा सरिका केसी, चक्र बम, रश्मी भट्ट, प्रलाद खरेल, नवोदिता गिरी, दिप्ती रतालालले अभिनय गरेका छन् । राजाराम गौतमले म्युजिक भिडियोको साहयक निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment