+
+
Shares

भारतको टेकोना नदीमा डुबेर महोत्तरीका एक युवक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १८:०३

९ साउन, जनकपुरधाम । भारतको बिहारस्थित सीतामढी जिल्लाको बराही ग्रामपञ्चायत-१२ मा रहेको टेकोना नदीमा पौडी खेल्ने क्रममा महोत्तरीका एक युवक बेपत्ता भएका छन् ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टका अनुसार मनरासिस्वा नगरपालिका-१० मधवा गाँउ बस्ने अनिल सदाका १४ वर्षीय छोरा बिकी मण्डल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

विष्टले भने, ‘उनी पौडी खेल्न टेकोना नदीमा गएका रहेछन् । पौडी खेल्न नदीमा हामफालेपछि उनी बेपत्ता भएको खबर हामीले पायौं । भारतीय सुरक्षाकर्मीको समन्वयमा प्रहरी चौकी बथनाहाबाट प्रहरी टोली र सशस्त्र प्रहरी बल बेस क्याम्प कटिकटैयाको टोली खटेर खोजी कार्य गरिरहेको छ । अहिलेसम्म उनी फेला परेका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?