Comments Add Comment

गायिका परमिता

परमिता आर एल राणाले नायिकाको रुपमा आफ्नो नाम स्थापित गर्न संघर्ष गरिरहेकी छिन् । तर, परमितालाई चलचित्रको पर्दामा दर्शकको मन जितेर स्थापित हुन सजिलो देखिएको छैन ।

बरु, कहिले प्रेम त कहिले विभिन्न खालका विवादले उनलाई चर्चामा ल्याएको छ । चलचित्रको पर्दामा उनले बलियो भूमिका निर्वाह गर्न नसक्दा उनले खोजेको सफलता पाएकी छैनन् ।

बरु, उनले आफूलाई गायिकाको रुपमा पनि स्थापित गर्ने प्रयास गरिरहेकी छिन् । परमिताले सार्वजनिक गरेको ‘क्विन’ एल्बममा समावेश ‘अन्धकारमा’ सार्वजनिक भएको छ । यो गीतमा परमिता आफैले अभिनय गरेकी छिन् ।

परमिताको यो गीतले मानिसको पीडा बोलेको छ । पिरो राना र परमिताले नै मिलेर शब्द तथा संगीत भरेको यो गीतको भिडियोमा सुजनको छायांकन, नुर्विन राजभण्डारीको सम्पादन छ ।

गीतमा परमिताले जे गर्दा पनि नसकेपछि जीवन अन्धकारमा अल्झिएको भन्न खोजेकी छिन् । नायिकाको रुपमा संघर्षरत यी कलाकारले गायिकाको रुपमा आफ्नो छवि कस्तो बनाउछिन्, हेर्न बाँकी छ ।
तर, नेपालमा केही नायिकाहरुले गीत सार्वजनिक गरेपनि उनीहरु सफल भने हुन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment