Comments Add Comment

क्लोप उत्कृष्ट प्रशिक्षक

१३ साउन, काठमाडौं । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप प्रिमियर लिगको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । क्लोपले लिग म्यानेजर्स एसोसिएसन (एलएमए म्यानेजर अफ दि इयर) अवार्ड जितेका हुन् ।

क्लोपको प्रशिक्षणमा लिभरपुलले ३० वर्षपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको थियो ।

जर्मन प्रशिक्षक क्लोपलाई लिग म्यानेजर्स एसोसिएसनले उत्कृष्ट प्रशिक्षक अवार्ड प्रदान गरेको हो ।

महिलातर्फ चेल्सीका प्रशिक्षक एम्मा हेएसले एलएमए म्यानेजर अफ दि इयर को अवार्ड जितिन् ।

यस्तै लिड्स युनाइटेडलाई प्रिमियर लिगमा बढुवा गराउन भूमिका खेलेका मार्सेलो बिल्साले च्याम्पियनसिपतर्फको अवार्ड जिते ।

स्काई स्पोर्ट्समार्फत क्लोपलाई विजेता घोषणा गर्ने क्रममा म्यानचेष्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले उनी वअर्डका लायक भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment