Comments Add Comment

लालाना ब्राइटनमा अनुबन्धित

१३ साउन, काठमाडौं । प्रिमियर लिग क्लब ब्राइटनले इंग्लिस मिडफिल्डर एडम लालनालाई अनुबन्ध गरेको छ । ब्राइटनले लिभरपुलका मिडफिल्डर लालानालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

सिजनको अन्त्यसँगै लिभरपुलसँग लालानाको सम्झौता सकिएपछि उनी फ्री-ट्रान्सफरका लागि उपलब्ध थिए ।

लालनाले ब्राइटनसँग ३ वर्षको सम्झौता गरेका छन् । सम्झौता अनुसार ३२ वर्षीय लालना अब सन् २०२३ सम्म ब्राइटनमा रहने छन् ।

लालाना सन् २०१४ मा साउथह्याम्पटनबाट २५ मिलियन पाउण्डमा लिभरपुल पुगेका थिए । उनले लिभरपुलका लागि १७८ खेल खेल्दै १८ गोल गरेका छन् । उनले २०१९-२० को सिजन २२ खेल खेलेका थिए ।

६ वर्ष एनफिल्डमा बिताउँदा उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, युइएफए सुपर कपको उपाधि जितेका छन् ।

लालानाले इंग्ल्यान्डको लागि उनले ३४ खेल खेलेका छन् । उनले पछिल्लो पटक सन् २०१८ मा इटलीविरुद्ध अन्तिम पटक खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment