+
+
Shares

पीपीई नचाहिने मोबाइल बुथबाट सिंहदरबारमा स्वाब सं‌कलन (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७७ साउन १४ गते १६:१५

१४ साउन, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले कोरोना भाइरस पिसीआर जाँचका लागि मोबाइल स्बाव संकलन गाडी सीसीएमसीलाई दिएको छ ।

नेपाली सेनाले उपलब्ध गराएको डबल क्याब पिकअप ल्याण्ड क्रुजर गाडीलाई नास्टले परिमार्जन गरेर स्वाब बुथ तयार गरेको हो ।

बुथलाई एक कार्यक्रमका बीच प्रतिष्ठानका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का संयोजक सचिव महेन्द्रप्रसाद गुरागाईंलाई हस्तान्तरण गरेका छन् ।

प्रतिष्ठानका वैज्ञानिक तथा प्राविधिकको सहयोगमा तयार पारिएको बुथको परिमार्जनमा नेपाली सेनाको विद्युत तथा यान्त्रिक सेवा निर्देशनालयले पनि सहयोग गरेको थियो ।

उक्त बुथबाट स्वाब कलेक्सन गर्दा पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) पनि आवश्यक नपर्ने भनिएको छ ।

यही मोवाइल स्‍वाब स‌ंकलन बुथको प्रयोग गरेर बुधबार सिंहदरबारका कर्मचारीको स्वाब संकलन गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?