Comments Add Comment

च्याम्पियन युभेन्टसको अप्रत्यासित हार

१५ साउन, काठमाडौं । इटालियन सिरी ए मा च्याम्पियन बनिसकेको युभेन्ट्स काग्लियारीसँग पराजित भएको छ । युभेन्टसलाई काग्लियारीले २-० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलको आठौं मिनेटमै लुकास काग्लिएनोले गोल गर्दै काग्लियारीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा जिओभानी सिमोनीले गोल गर्दै काग्लियारीको अग्रता दोब्बर पारेका थिए ।

क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिग्वेन जस्ता खेलाडीहरु भएपनि च्याम्पियन युभेन्टसले गोल फर्काउन नसक्दा पराजित भयो ।

युभेन्ट्सलाई हराएको काग्लियारी ३७ खेलबाट जोड्दै १३औं स्थानमा छ । युभेन्टसको ३७ खेलबाट ८३ अंक छ ।

अन्य खेलमा चौथो स्थानको लाजियोले ब्रेस्किअलाई २-० ले पराजित गरेको छ । लाजियोको लागि सिरो इम्मोबाइल र जाओक्विन कोरेले गोल गरे । ब्रेस्किअविरुद्ध एक गोल गरेका इम्मोबाइलले सिरी ए मा गोलसंख्या ३५ पुर्‍याएका छन् । उनी सर्वाधिक गोलकर्तामा दोस्रो स्थानको रोनाल्डो भन्दा ४ गोलले अघि छन् । काग्लियारीसंग गोल गर्न नसकेका रोनाल्डोको ३१ गोल छ ।

इम्मोबाइलले युरोपियन लिगमा सर्वाधिक गोल खेलाडीमा बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई समेत पछि पारेका छन् । उनले युरोपियन गोल्डेन बुट जित्ने लगभग पक्का बनेको छ ।

लाजियोसँग पराजित भएपछि ब्रेस्किअ एक खेल अगावै सिरी एबाट रेलिगेसनमा परेको छ । यसअघि नै एसपीएल रेलिगेसनमा पर्ने पक्का भइसकेको छ । जितपछि ७८ अंक जोडेको लाजियो चौथो स्थानमा छ ।

यस्तै पाँचौ स्थानको रोमाले टोरिनोलाई ३-२ ले पराजित गर्दै पाँचौ स्थानमा लिक सकाउँदै युरोपा लिगमा स्थान पक्का गरेको छ । रोमाले ३७ खेलबाट ६७ अंक जोडेको छ ।

रोमाभन्दा पछि रहेको एसी मिलानको ६३ अंक छ । मिलानले पनि युरोपा लिग छनोटमा स्थानमा पक्का गरेको छ । ज्लाटन इब्राहिमोभचिले दुई गोल गरेपछि मिलानले साम्पडोरियालाई ४-१ ले पराजित गरेको हो । मिलानपछि रहेको नापोलीको ३७ खेलबाट ५९ अंक छ ।

उता रेलिगेसन जोनमा रहेको लेसेले उडिनेसीलाई २-१ ले पराजित गर्दै सिरी ए मै रहने सम्भावना कायम राखेको छ । पूछारबाट तेस्रो स्थानमा रहेको लेसेको ३७ खेलबाट ३४ अंक छ । लेसे भन्दा अघि रहेको जेनोअ ससुलोसंग ५-० को फराकिलो अन्तरले पराजित भएपछि लेसेलाई फाइदा भएको छ । ३७ खेलबाट ३५ अंङ्क रहेको जेनोअ १७औं स्थानमा छ ।

अन्तिम चरणको खेलपछि जेनोअ र लेसेमध्ये एक टिम रेलिगेसनमा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment