Comments Add Comment

ओडिआई सुपर लिग सुरु, पहिलो खेलमा इंग्ल्याण्ड ६ विकेटले विजयी

१६ साउन, काठमाडौं । सन् २०२३ मा भारतमा हुने ओडिआई विश्वकप को छनोटको रुपमा रहेको आइसीसी ओडिआई सुपर लिग सुरु भएको छ । इंग्ल्याण्ड र आयरल्याण्ड बीचको तीन खेलको सिरिज अन्तर्गत पहिलो खेल बिहीवार भएको हो । साउथह्याम्पटनमा भएको खेल घरेलु टोली इग्ल्याण्डले ६ विकेटले जितेको छ ।

आयरल्याण्डले दिउको १७३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले २७.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । इंग्ल्याण्डका कप्तान आयन मोर्गन र साम बिलिङ्सले पाँचौ विकेटका लागि अविजित ९६ रनको साझेदी गरे । बिलिङ्सले अविजित ६७ रन बनाउने क्रममा ५४ बल खेल्दै ११ चौका प्रहार गरे । यस्तै मोर्गन ३६ रनमा अविजित रहे । मोर्गनले ४० बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । यस्तै जेम्स भिन्सले २५ र ज्उसन रोएले २४ रन जोडे ।

आयरल्याण्डका लागि क्रेग योङले २ विकेट लिए ।

त्यसअघि रोस बउल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड इंग्लिस बलरको कसिलो बलिङ सामु टिक्न नसक्दा ४४.४ ओभर खेल्दै १७२ रनमा अलआउट भयो । डेब्युटान्ट कर्टिस काम्परले अविजित रहँदै अर्धशतक प्रहार गरेपनि अरु खेलाडीले राम्रो खेल्न सकेनन् । काम्परले ११८ बल खेल्दै ४ चौका मदद्तमा ५७ रन जोडे ।

नवौं नम्बरमा ब्याटिङ गरेका एन्डी म्याब्रिनेले ४० रन योगदान गरे । उनले ४८ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । काम्पर र म्याकब्रिनेले आठौं विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए ।

आयरल्याण्डलाई अलआउट गर्न इंग्ल्याण्डका लागि डेविड विलीले ५ विकेट लिए । उनले ८.४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै ३० रन खर्चेर एक्लै ५ विकेट लिएका हुन् । साकिव महमुदले २ विकेट लिए । विली खेलको म्यान अफ दि म्याच घोषित भए ।

दोस्रो ओडिआई शनिवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment