+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

नयाँ फिल्मबारे आर्यन भन्छन्–‘काम त गर्ने, तर कसरी ?’

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १५:४९

नायक आर्यन सिग्देलको वास्तविक जन्मदिन साउन २१ गते हो । तर, उनको नागरिकतामा जन्मदिन आजको छ । तिथीका हिसाबले उनले केही दिन अगाडि जन्मदिन मनाइसकेका छन् । आर्यन ठट्यौली शैलीमा भन्छन्–‘मेरो जन्मदिन त बर्षमा ३ पटक आउँछ ।’

आर्यन यतिबेला निर्देशक विशाल सापकोटासँग पोखरामा छन् । पोखरामा रहेका आर्यनले भने–‘विशाल र मविच चलचित्रमा काम गर्ने कुरा भैरहेको छ । तर, कहिलेबाट सुरु गर्ने भन्ने बिषयमा कुनै टुंगोमा पुगिएको छैन । हामी लोकेशन हेर्न नै भनेर पोखरा आएका होइनौ । जन्मदिन सेलिव्रेशन पनि गर्न हुन्छ, घुम्न पनि हुन्छ भनेर आएका हौं ।’

आर्यनले यस्तो बिषम परिस्थितीमा चलचित्रको काम कहिलेबाट सुरु गर्न सकिन्छ भनेर भन्न नसकिने बताए । उनले भने–‘चलचित्र क्षेत्र नै अस्तव्यस्त छ । चलचित्रको काम सुरु गर्छु भनेर मात्र पनि हुँदैन, अब कोरोनाको भ्याक्सिन नबनेसम्म काम सुरु गर्न सहज छैन ।’

नेपालमा डिजिटल प्लेटफर्म पनि नभएकाले हल नखुलेसम्म चलचित्र बनाउनुको अर्थ नभएको आर्यन बताउँछन् । गतबर्ष चलचित्र ‘च च हुई’मा काम गरेपछि आर्यनले नयाँ प्रोजेक्ट सुरु गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?