२२ साउन, काठमाडौं । चिनियाँ माोबाईल कम्पनी भिभाो इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटको १३ औं संस्करणको मुख्य प्रायोजकमा नरहने भएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बिहीबार भिभोसँगको प्रायोजन सम्झौता रद्द गरिएको जनाएको छ ।
‘बीसीसीआई र भिभो मोबाइल इन्डियाले २०२० को आईपीएलको लागि साझेदारी स्थगित गर्ने निर्णय गरेको छ’, बीसीसीआईको विज्ञप्तिमा भनिएको छ । यसबाहेक अरु कुनै जानकारी दिइएको छैन ।
भारत र चीनबीच पछिल्लो समय चुलिएको सीमा विवादका कारण भिभो यसवर्ष प्रायोजक नरहने यसअघि समाचार आएको थियो ।
बीसीसीआईले भिभोसँग २०२२ सम्मको लागि सम्झौता गरेको थियो ।आईपीएलको मुख्य प्रायोजकको रुपमा भिभोले वार्षिक ४ सय ४० करोड भारतीय रुपैयाँ बीसीसीआईलाई उपलब्ध गराउँदै आएको छ ।
आईपीएल २०२० सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।
प्रतिक्रिया 4