Comments Add Comment

भुटानमा पहिलोपटक लकडाउनको घोषणा

२७ साउन, काठमाडौं । भुटानले मंगलबार कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि पहिलोपटक लकडाउनको घोषणा गरेको छ । विदेशबाट फर्किएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै भुटानले मुलुकभर लकडाउनको निर्णय गरेको हो ।

भुटानको स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २७ वर्षीया भुटानी महिला कुबेतबाट फर्किएकी थिइन् । उनलाई क्वारेन्टिनमा राखिएको थियो र कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई क्वारेन्टिनबाट घर पठाइएको थियो । यद्यपि सोमबार एक क्लिनिकमा पुनः परीक्षण गर्दा भने उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

भुटानको सरकारले सबै संक्रमितको पहिचान गरी उनीहरुलाई आइसोलेट गर्न सकियोस् भन्ने हेतुले अनिश्चितकालीन लकडाउन घोषणा गरिएको बताएको छ । अहिलेसम्म भुटानमा कोरोना भाइरसका ११३ संक्रमित फेला परेका छन् । अहिलेसम्म भुटानमा कोरोना भाइरसको कारण कसैको मृत्यु भएको छैन ।

सरकारले सबै मानिसहरुलाई घरमा नै बस्न र आफू र आफ्नो परिवारलाई यो रोगबाट बचाउन आग्रह गरेको छ । सबै विद्यालय, संस्थान, कार्यालयहरु र व्यावसायिक क्षेत्रहरु यो लकडाउनको अवधिमा बन्द रहनेछन् । साथै विद्यार्थीहरुको परीक्षा पनि स्थगित भएको छ ।

स्रोत :रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment