Comments Add Comment

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ हजार नाघ्यो

२८ साउन, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण ४६ हजार ९१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट ८३४ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट २३ लाख २९ हजार ६३८ जना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९६३ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा अहिलेसमम्कै सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका पाँच लाख ३५ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका १६ लाख ३९ हजार ५९९ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment