Comments Add Comment

अनिष्ट प्रकृतिको त्याग र इष्ट प्रकृतिको ग्रहण

म यति समयमा उठ्छु भनी संकल्प गरेर सुत्यो भने त्यही समयमा निद्रा हट्छ, यो कुरा अनुभव गरेमा थाहा हुन्छ । यसबाट मन अथवा सूक्ष्मशक्तिलाई राम्ररी सुझाव दिएमा त्यस अनुसार स्थूल शरीर काम गर्न बाध्य हुन्छ भन्ने सिद्ध हुन्छ । विशेषगरी निद्राले छोप्दै गएपछि सबै शरीर शिथिल भएको बेला मनभित्रको विशेष प्रभाव शरीरमा पर्छ ।

विछ्याउनामा पल्टेर अथवा कुर्सीमा पल्टेर शरीरमा अंगहरु शिथिल गरी एकाग्र चित्त गर्नु । एकाग्रातासाथ हलुका निद्राको कल्पना गर्नु ।

जब आँखा भारी हुन्छ र हलुका निद्रा आउन थाल्छ अनि जुन अनिष्ट प्रकृति छोड्नु छ त्यसको सम्बन्धमा प्रभावशाली शब्दमा मनलाई आदेशि दिनु, ‘हे मन तँ यस दृष्ट प्रकृतिलाई  परित्याग गर, तँमा यो दृष्ट प्रकृति रहनु हुँदैन । कुनै बखत पनि रहनु हुँदैन । म यस दृष्ट प्रकृतिलाई निकालेर बाहिर फ्याँक्न लागिरहेकोछु । मैले यसलाई बाहिर फ्याँकिदिएको छु । अत ः तँमा कुनै प्रकारको कुनै प्रकृति रहेको छैन । यस्तै अनिष्टलाई लिएर आफ्नो प्रभावशाली शब्दमा मनलाई यस प्रकारका आदेश दिन सकिन्छ । यसैगरी कुनै दिन इष्ट प्रकृतिको ग्रहण गर्नु छ भने पनि यस्तै  प्रबल बिचार उत्पन्न गर्नुपर्छ हे मन म यो प्रकृतिलाई तिमीभित्र स्थापना गर्दछु अब तिमीले यस प्रकृति अनुसार काम गर्ने छौं ।’

तिमीमा यो प्रकृति दृढ भइसकेको छ मैले यो शुभ प्रकृतिलाई पूर्णतय दृढ गरेको छु । यस्तै प्रकारले कोही बालक, श्रद्धालु शिष्य, भक्त अथवा मित्रको दृष्ट प्रकृति हटाउन सकिन्छ । आरामसँग सुताए र कृतिम निद्रा ल्याई जब कृतिम निद्रामा आउँछ अनि छोड्न खोजेको अथवा ग्रहण गर्न खोजेको प्रकृतिलाई प्रभावशाली शब्दमा उपर्युक्त रीतिले आदेश दिनुपर्छ । दश पन्ध्र मिनेटसम्म यस्ता वाक्यहरु निरन्तर दोहो¥याउनुपर्छ ।

जसरी प्रयोगकर्ताको निमित्त दृढसंकल्प, आत्मविश्वास, पात्रप्रति शुभभावना आवश्यक छ, त्यसैगरी पात्रको प्रयोगकर्ताप्रति पुरा श्रद्धा, विश्वास र उसको आदेश ग्रहण गर्नु पनि अति आवश्यक छ । पात्रप्रति इच्छा अथवा पुरा श्रद्धा नभएमा प्रयोगको पुरा प्रभाव पार्नेछैन ।

यो शक्तिको प्रयोगका मूख्य कुरा आदेश र सूचनाहरु हुन् । यी आदेशहरु त्राटक, जप आदिको साथ होस् अथवा यसबिना नै होस् दृढसंकल्प पुरा आत्मविश्वास र  प्रभावशाली शब्दमा आवश्य हुनुपर्छ । प्रयोगकर्ताले यो आवश्य विचार गर्नुपर्छ कि जसमाथि यो प्रयोग गरिएको छ त्यसको साथ यसको के सम्बन्ध छ । यदि कुनै आफ्ना पूज्य जन जस्तो पिता, गुरु आदिमा प्रयोग भएको छ भने तिनीहरुप्रति यी आदेशहरु प्रार्थना रुपमा हुनुपर्छ । गायत्री आदि वैदिक मन्त्र अथवा प्रणवको जप साथै यो गर्नु प्रभावकारी हुन्छ ।

खप्तडबाबाको चर्चित पुस्तक ‘स्वास्थ्य विज्ञान’बाट साभार । प्रकाशक तथा वितरक : बुकहिल पब्लिकेसन्स प्रालि   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment