Comments Add Comment

नेपाल ओलम्पिक कमिटीको कार्यालय अनिश्चितकालका लागि बन्द

५ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नेपाल ओलम्पिक कमिटी (एनओसी)को कार्यालय अनिश्चिकालका लागि बन्द भएको छ ।

एनओसीले बिहीबार विज्ञप्ती जारी गर्दै काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएकाले अर्को सूचना नआएसम्मका लागि कार्यालय बन्द रहने जनाएको हो । यसअघि एनओसीले साउन ३१ गतेदेखि एक साता कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

तर पछिल्लो समय कोरोना संक्रमणको संख्या बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयकले बुधबार रातिदेखि निषेधाज्ञा लागु गरेको छ । जसले गर्दा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनेको छ । त्यसैले एनओसीले पनि कार्यालय बन्दै गर्ने र घरबाटै काम गर्ने जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषदले यसअघि नै खेलकुद प्रतियोगिता प्रशिक्षण र खेलसँग सम्बन्धित सम्पूर्ण गतविधिहरु अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment