Comments Add Comment

एक वर्षमा ८७५ अर्ब रेमिट्यान्स भित्रियो, ०.५ प्रतिशतले गिरावट

८ भदौं, काठमाडौं । विदेशबाट भित्रने रेमिट्यान्समा ०.५ प्रतिशतको गिरावट आएको छ । अघिल्ल्लो आर्थिक वर्ष २०७५/७६ मा १६.५ प्रतिशतले बढेको रेमिट्यान्स गत आर्थिक वर्ष २०७६/७७ मा ०.५ प्रतिशले घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार कोरोना भाइरसको असरकाबीच गत आर्थिक वर्षमा आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । उता वैदेशिक रोजगारीामा जानेको संख्या पनि गत वर्ष गिरावट आएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment