२९ असोज, काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा सोधनान्तर स्थिती एक खर्ब ८२ अर्बले बचतमा रहेको छ । निर्यात र रेमिट्यान्समा आएको सुधानले सोधनान्तर बचत बढेको हो ।
चालु आर्थिक वर्षको भदौमा रेमिटयन्स २ अर्ब २१ अर्ब भित्रिएको छ, भने निर्यात ६९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड पुगेको छ । चालु आवको भदौमा चालु खाता एक खर्ब ६९ अर्ब ४ करोडले बचतमा रहेको छ ।
गत आवको सोही अवधिमा चालु खाता एक खर्ब ३० अर्ब ९७ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ ।
चालु आवको भदौमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब २० करोड रहेको थियो ।
यसैगरी, चालु आवको भदौमा २ अर्ब ९८ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । गत आवमा सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब २७ करोड रहेको थियो ।
चालु आवको भदौसम्ममा शोधनान्तर स्थिति एक खर्ब ८७ अर्ब ६८ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ५३ अर्ब ६८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको छ ।
प्रतिक्रिया 4