+
+
Shares

चीनतर्फ बढ्दै नेपाली वस्तुको निर्यात

चीनतर्फ गलैँचा, हस्तकलाका समानहरू, तयारी पोसाकलगायतका वस्तुहरूको निर्यात बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कूल वस्तु निर्यात ८१.८ प्रतिशतले बढेर २७७ अर्ब ३ करोड पुगेको छ ।
  • चीनतर्फ ऊनी गलैचा, हस्तकला र तयारी पोसाकको निर्यात बढेको छ भने भारततर्फ सोयाविन तेल, पोलिस्टर धागो र जुटजन्य सामानको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
  • आर्थिक वर्ष २०८१/८२ मा कूल वस्तु व्यापार घाटा ६० प्रतिशतले बढेर १५२७ अर्ब ९ करोड पुगेको मन्त्रालयले अद्यावधिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

३ साउन, काठमाडौं । चीनतर्फ बढ्दै नेपाली वस्तुको निर्यात बढ्दैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनतर्फको निर्यात अघिल्लो वर्ष ४६.६ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०८१/८२ मा १.६ प्रतिशतले बढेर २ अर्ब ६३ करोड कायम भएको छ ।

‘चीनतर्फ मुख्यतया ऊनी गलैचा, हस्तकलाका समानहरू, तयारी पोसाकलगायतका वस्तुहरूको निर्यात बढेको छ’ हालै अद्यावधिक गरिएको व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजनामा उल्लेख छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९/८० देखि २०८४/८५ सम्मको व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना अद्यावधिक गरेको हो ।

मन्त्रालयका अनुसार यो प्रथम पटकको अद्यावधिक हो । जसमा नेपालको आयात/निर्यातको विवरण समावेश छ ।

प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालमा वस्तुको आयात १,२४५ अर्ब रहेकोमा सोको पाँच वर्षमा वृद्धि भई आर्थिक वर्ष २०७८/७९ मा १,९२० अर्ब र व्यापार घाटा १,७२० अर्ब पुगेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा कूल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई २७७ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ३.० प्रतिशतले घटेको थियो । कूल गार्हस्थ्य उत्पादनमा कूल वस्तु निर्यातको अनुपात अघिल्लो वर्ष २.७प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा ४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कूल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात अघिल्लो वर्ष ३.३ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०८१/८२ मा ११७.८ प्रतिशतले वृद्धि भई २२४ अर्ब ६८ करोड पुगेको छ ।

वस्तुगत आधारमा भारततर्फ मुख्यतया सोयाविन तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया लगायतका वस्तुहरूको निर्यातमा वृद्धि भएको छ ।

अन्य मुलुकतर्फको निर्यात अघिल्लो वर्ष ४.३ प्रतिशतले कमी आएकोमा आर्थिक वर्ष २०८१/८२ मा ६.७ प्रतिशतले वृद्धि भई ४९ अर्ब ७१ करोड कायम भएको छ । अन्य मुलुकतर्फ मुख्यतया पश्मिना, संगीत वाद्ययन्त्रहरू वा तिनका पाट्र्स तथा एक्सेसरिज, चाउचाउ, नेपाली कागज, चियालगायतका वस्तुहरूको निर्यात बढेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कूल वस्तु आयात १३.३ प्रतिशतले वृद्धि भई १८०४ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १.२ प्रतिशतले घटेको थियो ।

कूल गार्हस्थ्य उत्पादनमा कूल वस्तु आयातको अनुपात अघिल्लो वर्ष २७.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा २९.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा भारतबाट भएको वस्तु आयात ७५ प्रतिशतले वृद्धि भई १०७१ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात ३० प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा भारतबाट सवारी साधन तथा स्पेयर पार्टस्, स्पोन्ज आइरन, अन्य मेसिनरी तथा पार्टस्, धान तथा चामल, औषधीलगायतका वस्तुको आयात बढेको छ ।

चीनबाट भएको वस्तु आयात अघिल्लो वर्ष ३४.२ प्रतिशतले बढेकामा आर्थिक वर्ष २०८१/८२ मा १४.२ प्रतिशतले वृद्धि भई ३४१ अर्ब १० करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा चीनबाट टेलिकम उपकरण तथा पार्टस्, तयारी कपडा, लत्ताकपडा, विद्युतीय उपकरण, कम्प्यूटर तथा पार्टस्लगायतका वस्तुहरूको आयात बढेको छ ।

अन्य मुलुकबाट भएको वस्तु आयात अघिल्लो वर्ष १७६ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०८१/८२ मा ३१.७ प्रतिशतले वृद्धि भई ३९१ अर्ब ८२ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ अन्य मुलुकबाट कच्चा सोयाबिन तेल, खाने तेल, तेलहन, अन्य मेसिनरी तथा पाट्र्स, यातायात उपकरण तथा पार्टपुर्जालगायतका वस्तुहरूको आयात बढेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कूल वस्तु व्यापार घाटा ६० प्रतिशतले वृद्धि भई १५२७ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो व्यापार घाटा १० प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष कूल गार्हस्थ्य उत्पादनमा कूल व्यापार घाटाको अनुपात २५.२ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा २५.० प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कूल वस्तु व्यापार घाटामध्ये भारतसँगको व्यापार घाटा ५.३ प्रतिशतले कमी आई ८४६ अर्ब ५१ करोड, चीनसँगको व्यापार घाटा १४.३ प्रतिशतले वृद्धि भई रु.३३८ अर्ब ४७ करोड र अन्य मुलुकसँगको व्यापार घाटा ३६.३ प्रतिशतले वृद्धि भई ३४२ अर्ब १० करोड पुगेको छ ।

कूल वस्तु व्यापार अघिल्लो वर्ष १.३ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०८१/८२ मा १९.२ प्रतिशतले वृद्धि भई २०८१ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष कूल गार्हस्थ्य उत्पादनमा कूल व्यापारको अनुपात ३०.६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा ३४.१ प्रतिशत रहेको छ ।

कूल व्यापारमा भारतसँगको व्यापार अघिल्लो वर्ष ३.१ प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०८१/८२ मा १७८ प्रतिशले वृद्धि भई १२९५ अर्ब ८८ करोड पुगेको छ ।

चीनसँगको कूल व्यापार अघिल्लो वर्ष ३४.२ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०८१/८२ मा १४.१ प्रतिशतले वृद्धि भई ३४३ अर्ब ७३ करोड पुगेको छ ।

त्यसैगरी, अन्य मुलुकसँगको कूल व्यापार अघिल्लो वर्ष १६.० प्रतिशतले घटेकोमा आर्थिक वर्ष २०८१/८२ मा २८.३ प्रतिशतले वृद्धि भई ४४१ अर्ब ५४ करोड पुगेको छ । आ.व. २०८१/८२ मा कूल गार्हस्थ्य उत्पादनको अनुपातमा वस्तुको आयात ३९.६ प्रतिशत, निर्यात ४.१ प्रतिशत र व्यापार घाटा ३५.५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?