News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले निर्यातजन्य उद्योगका समस्या समाधान गर्न नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
- उद्योगीहरूले कच्चा पदार्थको सहज उपलब्धता र गलैंचा निर्यातमा देखिएको प्रविधिगत समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।
- प्रधानमन्त्रीले सम्बन्धित निकायलाई काठ निर्यातको कार्यविधि तुरुन्त बनाउन र निर्यातका चुनौती तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ।
८ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धित समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार सिंहदरबारमा निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले निर्यात प्रवर्द्धनका चुनौतीका बारेमा जानकारी लिदै नीतिगत सुधार तथा समाधानमा सरकारले ध्यान दिने बताएका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्यातजन्य उद्योग व्यवसायमा विद्यमान समस्याका बारेमा जानकारी लिनुभएको नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ निर्यात समितिका सभापति होमप्रसाद घिमिरे जानकारी दिए ।
‘कच्चा पदार्थको सहज उपलब्धता, गुणस्तर मापदण्डहरूबीचको समकक्षताकायम गर्ने विषय तथा अन्य समस्याहरूबारे जानकारी गराएका छौं,’ उनले भने ।
प्रधानमन्त्रीले आफ्नो सचिवालयमार्फत सम्बन्धित निकायहरूलाई तत्काल गर्न सकिने कामहरू अघि बढाउन निर्देशन दिएको उनले बताए ।
त्यस्तै प्लाइवुडका ढोका, काठनिर्यातका लागि आवश्यक कार्यविधि तुरुन्त बनाएर काम अघि बढाउन निर्देशन दिनुभएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
त्यस्तै छलफलमा सहभागी नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङले अमेरिका निर्यातमा देखिएको समस्याका बारेमा प्रधानमन्त्रीलाई अवगत गराइएको बताए ।
उपभोक्ता सुरक्षा प्रमाणीकरण परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले गलैंचा निर्यातमा समस्या भएको उनले बताए ।
जवाफमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई फोन गरेर समस्या समाधानका लागि निर्देशन दिनुभएको अध्यक्ष गुरुङले बताए ।
प्रतिक्रिया 4