Comments Add Comment

भक्तपुरका कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

 

१४ भदौ, काठमाडौं । भक्तपुरका एक कोरोना भाइरस (कोभिड-१९) संक्रमितको होम आइसोलेसनमै  मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको हो ।

अर्का संक्रमितको कट्याक ट्रेसिङमा परेका उनलाई पनि संक्रमण भएको ९ भदौमा पुष्टि भएको थियो । तर ११ गते मात्र आफूलाई जानकारी आएपछि परिवारसँग सम्पर्क गरेको वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए ।

उनले भने, उच्च रत्तचाप र मधुमेहको विरामी हुनुहुँदोरहेछ । हामीले घरमा राख्नुहुन्न, अस्पताल जैजानुपर्छ भन्दा परिवारका सदस्यहरुले काम्ने भएकाले आफैं खाना खान सक्नुहुन्न भनेर घरमै राख्नुभयो ।’

त्यसपछि वडाले उनको घर भएको क्षेत्रलाई सिल गरेको थियो । मृतकका आफन्तहरूले बताएअनुसार उनलाई लक्षण देखिएको थिएन ।शनिबार साँछ सुतेका उनी कतिबेला बिते भन्ने नै थाहा नभएको एक सदस्यले बताए ।

परिवारका सदस्यले नगरपालिकाको स्वास्थ्य शाखामा विहान मात्र खबर गरेको वडाध्यक्ष खत्रीले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले पनि मृत्यु भएपछि मात्र खबर पाएको बताए । ‘केही समस्या भए फोन गर्नू अस्पताल लान्छौं भनेका थियौं, तर मृत्यु भएपछि मात्रै खबर आएछ’ उनले  भने।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment