Comments Add Comment

डब्ल्यूएचओको नेतृत्वमा हुने कोरोना खोपको खोजमा अमेरिका सहभागी नहुने

१७ भदौ, काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेतृत्वमा हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको कुनै पनि खोजमा सहभागी नहुने बताएको छ । यो अन्तर्राष्ट्रिय पहलमा डब्ल्यूएचओ पनि रहेकाले अमेरिका यसमा सहभागी नहुने बताएको हो ।

वासिङटन पोस्टका अनुसार सुरक्षित र प्रभावकारी कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति मिलेसँगै त्यसलाई विश्वभर न्यायसंगत वितरण गर्ने पहलमा डब्ल्यूएचओको नेतृत्वमा १७२ मुलुक सहभागी छन् ।

ह्वाइट हाउसका प्रवक्ता जड डीरेले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अमेरिका भाइरसको हार सुनिश्चित गराउन आफ्ना अन्तर्राष्ट्रिय सहयोगीहरुसँग मिलेर काम गर्नेछ तर भ्रष्ट डब्ल्यूएचओ र चीनबाट प्रभावित बहुपक्षीय संस्थाको दबाबमा भने आउनेछैन ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीको विषयमा डब्ल्यूएचओले निर्माण गरेको निर्देशिकाबाट डब्ल्यूएचओ चीनको समर्थनमा रहेको पुष्टि हुने बताउँदै आएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment