Comments Add Comment

कर्णालीमा एकैदिन ९५ जना कोरोना संक्रमित थपिए

१७ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा बुधबार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार जुम्लामा मात्रै ३९ जना, कालीकोटमा २२, सुर्खेतमा १७ जना, दैलेखमा पाँच जना, बाँकेका चारजना, जाजरकोट र कैलालीका दुई/दुई जना, बर्दिया, बझाङ, दार्चुला र दाङका एक/एक जनामा संक्रमण देखिएको छ ।

सबैभन्दा बढी संक्रमित देखिएको जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७ र १० का एकजना महिलासहित २१ जना पुरुष, हिमा र सिँजा गाउँपालिकाका दुईजना पुरुष, पातारासी, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाका दुई/दुईजनामा संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस जुम्ला कारागारका कैदीबन्दी र सुरक्षाकर्मीसहित १० जनामा कोरोना संक्रमण

त्यस्तै कालीकोटको तिलागुफा नगरपालिका वडानम्बर दुईमा मात्रै २० जनामा संक्रमण देखिएको छ । जस्मा पाँचजना महिला र १५ जना पुरुष रहेका छन । सान्नी त्रिवेनी -६, का एकजना पुरुषमा पनि संक्रमण देखीएको छ ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १, २, ७ र १२ का एकजना महिलासहित ६ जना, बराहाताल गाउँपालिका वडा नं. १, ४ र १० का तीन वर्षीय बालकसहित ४ जना पुरुष, लेकबेशी नगरपालिका-९, का चार वर्षीय बालकसहित एकजना पुरुष र दुईजना महिलामा संक्रमण पुष्टि भएको छ ।

सिम्ता गाउँपालिका, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका एक/एकजनामा संक्रमण देखिएको छ । यससँगै कर्णणालीमा कोरोना संक्रमितको संख्या २५५१ पुगेको छ ।

साथै, कर्णालीमा बुधबार थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २१२५ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ४२० जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment