+
+
Shares

निगमकै भाडादरमा मात्रै विदेशी एयरलाइन्सलाई नेपाल आउन दिन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते १७:४३

१७ भदौ, काठमाडौं । पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाईन्सको उडान भएको सेक्टरहरुमा निगमले तय गरेको भाडादरअनुसार नै उडान गर्ने गरी मात्र विदेशी एयरलाइन्सलाई उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

अहिले विभिन्न एयरलाइन्सले नियमित उडानको भाडा चार्टर्डको भन्दा चार गुणा मँहगो गरेर बिक्रि गरिरहेका छन् । नियमितको भन्दा उच्च भाडादार कायम भएपछि विदेशबाट फर्किने नेपालीहरु समस्यामा परेका छन् ।

पर्यटनमन्त्री योगेश भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीबाट अनियन्त्रित रुपमा  कालोबजारी भएको  गुनासो आएमा एयरलाइन्सबाटै नियन्त्रण हुनुपर्ने बताउँदै अनुगमन तथा सहजीकरणका लागि विदेशी कुटनीतिक नियोग, गैर आवासिय नेपाली संघसँग (एनआरएन)सँग समेत गर्नुपर्ने धारणा राखेका छन् ।

बैठकले हवाई भाडादरमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल नगर्न/नगराउन  सम्बन्धित वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय गरेको छ ।

नियमित उडानमा बजेट एयरले अन्य एयरलाइन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर उडानको सम्न्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय समेत गरेको छ ।

बैठकको निर्णयअनुसार २५ अगष्टमा १६१ जना यात्रु लिएर काठमाडौं आएको एयर अरेवियाले पीसीआर नेगेटिभ भएका सबै यात्रुको होटेल क्वारेन्टिन वापतको रकम तिर्नुपर्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले होटेल क्वारेन्टिनमा बसेका सबै यात्रुको रकम एयरलाइन्सले तिर्नुपर्ने भन्दै यात्रुबाट उठाइएको भए फिर्ता गराउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर्ड उडानमा आएको गुनासो सम्बन्धमा बसेको  बैठकमा मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन् ।

सरकारले एउटै उडानबाट पीसीआर रिर्पोट नेगेटिभ भएका र रिर्पोट नभएका यात्रु नल्याउन निर्देशन दिएको थियो । तर, निर्देशन आइसकेपछि काठमाडौं आएको एयर अरेवियाले भने एयर अरेवियाले १४२ जना पीसीआर गरेको, १८ जना आरडिटी गरेको र एकजना केही पनि नगरेको यात्रु ल्याएर सवैलाई होटल क्वारेन्टाईनमा राखेको छ ।

सरकारको निर्देशन आउनु अगाडि नै टिकट काटेका कारण सबै यात्रुलाई ल्याउनु परेको एयरलाइन्सले बताएको छ । मन्त्री भट्टराईले रकम फिर्ता नगरे कारवाही गर्न समेत निर्देशन दिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?